विकेशील र साझा पार्टीबीच आज दोस्रो पटक एकता हुने, असन्तुष्टहरुलाई छैन आशा

२०७७ मङ्सिर २४ बुधबार, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टी आज एकिकृत हुने भएका छन् । दुई पार्टीले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसपारेर पार्टी एकता गरी संयुक्त रुपमा विवेकशील साझा पार्टी बनाउन लागेका हुन् । पार्टी एकता घोषणा कार्यक्रम दिउसो साढे तीन बजे भर्चुअल तरिकाले हुने पार्टीका नेता प्रकाशचन्द्र परियारले जानकारी दिनुभयो ।

यसअघि पनि एकिकृत भएर विभाजित भएका दुवै पार्टी फेरी एकिकृत भएपछि साझा पार्टीका रविन्द्र मिश्र अध्यक्ष र विवेकशीलका मिलन पाण्डे संयोजक हुनुहुने भएको छ । निर्वाचन चिन्ह भने साझा पार्टीको तराजु नै हुने भएको छ । केन्द्रीय समितिमा भने दुवै तर्फबाट बराबर सदस्य रहने सहमती भएको पनि नेता परियारले जानकारी दिनुभयो ।

तर तत्कालिन विवेकशिलकी उपाध्यक्ष अजिता राईसहित झण्डै एक दर्जन केन्द्रीय नेताहरुले भने एकिकरणप्रति असन्तुष्टि जनाउदै सहभागी नहुने घोषणा गरेका छन् । यसअघि एकिकृत पार्टीमा रहेको चर्चित इन्जीनियर डा सुर्यराज आचार्य, बाम विश्लेषक मुमाराम खनाल लगायत दर्जनौ नेताहरुले पनि विवेकशिल साझा पार्टी बैकल्पीक शक्ति बन्न नसक्ने निश्कर्षसहित पार्टी परित्याग गरेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार