एकल महिलाको सशक्तिकरणमा केहि गर्ने सोच छ : श्वेता

२०७७ मङ्सिर २४ बुधबार, काठमाडौं । नायिका श्वेता खड्काले सोमबार जीवनको नयाँ अध्याय सुरु गरेकी छिन् । उनले धनगढिका विजयन्द्र सिहं रावतसँग नयाँ जीवनको सुरुवात गरेकी हुन् । बिहे गरेको करिब एक महिनामै पुछिएको सिउँदोमा पुनः भरिएकाे सिन्दुरले उजाडिएकाे उनकाे जीवन रंगाएकाे छ ।

श्वेतालाले बिवाह सम्पन्न भएपछि बिवाहका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गर्दै आफ्ना विगत र भविष्य मिश्रित भावनाहरु पोखिरहेकी छिन् । श्वेताले आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्ने सोच रहेको पनि सामाजिक सञ्जालमार्फत् बताएकी छिन् । आफू त्यसलाई साकार बनाउनको लागि प्रयासरत रहेको उनको भनाइ छ ।

उनले लेखेकी छिन् –

‘अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरेँ , हातमा सप्तरङ्गी चुरा लगाएँ अनि रङ्गिन पहिरनभित्र आफूलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालेँ । मेरो यो यात्रामा मेरा सम्पूर्ण इष्टमित्र, आफन्तजन, गन्यमान्य व्यक्तित्व, शुभचिन्तक लगायत मलाई सधैँ साथ र समर्थन गर्ने मेरा सञ्चारकर्मी मित्रहरुको सुभेच्छा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ ।

मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्‍याउनु छ । निर्माणाधिन माझिटोललाई आज सजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका व्यवसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाँती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु । म थप  सशक्त नारीको रुपमा तपाईँहरुको सामुन्ने प्रस्तुत हुनेछु ।

आगामी दिनमा एकल महिलाको सशक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यसलाई साकार बनाउनको लागी म प्रयासरत रहनेछु । अत: मलाई तपाईँहरु सम्पुर्णको साथ, साल्लाह, सुझावका साथै शुभ-आशिर्वादको आवश्यकता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सद्भाव र साथ पाउने आशा बोकेकी छु ।
तपाईँकी उहि छोरी र चेली, श्वेता खड्का !’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार