ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के कुरा भयो ?

२०७७ मङ्सिर २४ बुधबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न प्रचण्ड साढे ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेको उहाँको सचिवालयले जनाएको छ ।

भेटमा दुई अध्यक्षले पार्टी सचिवालयमा पेश गरेको प्रस्तावबारे छलफल भए पनि कुनै ठोस निष्कर्ष ननिस्किएको स्रोतले बताएको छ ।

दुई अध्यक्षले सचिवालयमा छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेश गरेपछि अहिले नेकपा विवाद उत्कर्षमा पुगेको छ ।

ओलीको अनुपस्थितिका बीच प्रचण्डले मंसिर २१ गते स्थायी कमिटी बैठक सञ्चालन गर्नुभएको थियो । स्थायी कमिटीकै अर्को बैठक मंसिर २८ गतेका लागि बोलाइएको छ । पछिल्लो समयमा दुई नेताबीच भेटघाटसमेत पातलिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार