३९ अंक घटेर १९५५.७५ विन्दुमा नेप्से, ४ अर्ब ७४ करोडभन्दा बढीको शेयर खरीदविक्री

२०७७ मङ्सिर २४ बुधबार, काठमाडौं । बुधवार नेप्से परिसूचक ३९ दशमलव ६० अंक घटेर १ हजार ९५५ दशमलव ७५ बिन्दुमा पुगेको छ । बुधवारको कारोबार दिनमा २०१ ओटा कम्पनीको रू. ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ बराबरको शेयर खरीदविक्री भएको हो ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये जलविद्युत समूहको परिसूचक बाहेक सबै समूहको परिसूचक घटेको छ । जलविद्युत् समूहको परिसूचक १ दशमलव २५ प्रतिशत बढेको छ भने सबैभन्दा बढी ब्यापार समूहको परिसूचक ४ दशमलव ८७ प्रतिशत घटेको हो ।

नारायणी डेभलपमेण्ट बैंकको शेयर मूल्य ९ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ   । त्यसैगरी सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ४२ करोड ४२ लाख ७२ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
सर्वाधिक कारोबार गर्नेमा दोस्रोमा अपर तामाकोशीको रू. २५ करोड ९४ लाख ६२ हजार बराबरको शेयर खरीदविक्री  भएको छ । त्यसैगरी बुधवार सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीका शेयरधनीले गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ५ दशमलव ५६ प्रतिशत घटेर रू. २५५ कायम भएको छ ।

विगत केही दिनदेखि बढेको बजारमा लगानीकर्ताहरुले प्रोफिट बुक गर्न लागेसँगै बजार घटेको देखिन्छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार