२०७७ मङ्सिर २५ बिहीबार, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरबाट २०४१ असारमा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकाको सिकागो म्युजियममा फेला परेको छ ।
गत वर्ष निधन भएकी मूर्ति संकलकको इच्छापत्रबाट मात्रै यो पुरातात्विक सम्पदा नेपालबाट लगिएको खुलेको हो ।
लिच्छविकालीन सभ्यताबो उत्कर्षमा छैटौं शताब्दीमा सिर्जना भएको चित्ताकर्षकमध्येको चनुर्मुखी शिवलिंग मूर्ति कसरी चोरियो भन्ने विस्तृत विवरण आएको छैन ।
सन् १९९७ सम्म लन्डनको क्रिस्टिज कलेक्सनमा रहेको उक्त मूर्ति खरिद गरेर अमेरिका लगिएको जनाइएको छ ।
अमेरिकाका खर्बपति जेम्स डब्लु एल्सडर्फ र मार्लिन एल्सडर्फको संग्रह (जेम्स डब्लु एन्ड मार्लिन एल्सडर्फको कलेक्सन) ले उक्त मूर्ति अमेरिकाको सिकागो म्युजियम पुर्याएका थिए ।
‘चतुर्मुखी शिवलिंग मूर्ति फेला परेको विषयमा संकलनकर्ताको इच्छापत्रअनुसार मूर्ति नेपाललाई फर्काउने भनिएपछि मात्र जानकारी बाहिर आएको हो’, ‘वासिङ्गटनस्थित नेपाली राजदूत अर्जुन कार्कीले भने, पुरातत्व विभाग र परराष्ट्र मन्त्रालयलाई यसबारे जानकारी गराइसकेका छौं।’
उनले यो मूर्तिको नेपालको अवस्थित ठाउँबारे जानकारी पाउन नसकेकको बताए । तर लिच्छविकालीन मूर्ति र सम्पदाका जानकारले यो मूर्ति पशुपति परिसरबाट हराएको पुष्टि गरेका छन् । कान्तिपुर
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’