रियल समूह विजेता बन्दै नकआउट चरणमा

२०७७ मङ्सिर २५ बिहीबार, काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मोंचेन्गग्लाडवाचलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा करिम बेन्जमाले दुवै गोल गरेका हुन् । बेन्जमाले खेलको ९ र ३१औ मिनेटमा गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिड समूह बि मा शीर्ष स्थानमा रहदै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । रियलको ६ खेलमा १० अंक रहेको छ । त्यस्तै समूह बिबाट मोंचेन्गग्लाडवाचको ६ खेलमा ८ अंकसहित दोस्रो हुदै अन्तिम १६ मा पुगेको छ ।

त्यस्तै गएराती भएको खेलमा शख्तर डोनेटस्क र इन्टर मिलान बराबरीमा रोकिएपछि दुवै टिम अन्तिम १६ मा पुग्न असफल भएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार