२०७७ मङ्सिर २५ बिहीबार, काठमाडौं । बलिउड अभिनेत्री कृति सेननलाई कोरोना पुष्टि भएको छ ।
उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् आफूूलाई कोरोना पुष्टि भएको जानकारी दिएकी हुन् । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र डाक्टरको सल्लाह अनुसार अहिले आफू घरमै आइसोलेसनमा बसेको पनि उनले बताएकी छिन् ।
भारतीय सञ्चार माध्यमका अनुसार उनी नयाँ चलचित्रको छायाँकनका लागि चन्डीगढमा थिइन् । कोरोना पुष्टि भएपछि हाल उनी मुम्बई फर्किएकी छिन् । कृतिले अहिले आफू बीएमसी र डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र कोरोना महामारी गइनसकेको कारण सबै सुरक्षित रहन आग्रह समेत गरेकी छिन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ