दृष्टिविहिनलाई सहयोग गरेर पत्रकार धमलाले मनाए जन्मदिन

२०७७ मङ्सिर २५ बिहीबार, काठमाडौं । दृष्टिविहिनलाई सहयोग गरेर पत्रकार नबिन धमलाले आफ्नो जन्मदिन मनाएका छन् ।

जन्मदिनकाे अवसरमा पत्रकार धमलाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ का दृष्टिविहिन गायक वीरबहादुर विश्वकर्माको परिवारलाई खाद्यन्न, लत्ताकपडा सहितको सहयोग गरेका हुन् ।

अनलाइन सरोकार डटकमका सम्पादक धमलाले बिहीबार विश्वकर्मा परिवारलाई चामल २ बोरा, सिरानी २ वटा, सिरक २ वटा, तन्ना २ वटा, डस्ना २ वटा लगायतका सामाग्री हस्तान्तरण गरेका हुन् ।

गायक विश्वकर्माकाे आर्थिक अवस्था निकै नै कमजोर छ । दृष्टिविहिन भएकाले अर्थोपार्जनको काम गर्न नसक्दा उनले गीत गाएर आफू र परिवारको गुजारा चलाउँदै आएका छन् । उनका श्रीमती र २ छोरा छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार