२०७७ मङ्सिर २६ शुक्रबार, काठमाडौं । युरोपा लिग फुटबलमा आर्सनलले समुहका सबै ६ खेलमा जित निकालेको छ ।
समूहको अन्तिम खेलमा गएराति आयरल्याण्डको डुन्डाल्क एफसीलाई ४–२ ले हराउँदै आर्सनलले समूह चरणमा शत प्रतिशत जितको यात्रालाई निरन्तरता दिएको हो ।
गएरातिको खेलमा आर्सनललाई विजयी गराउन एन्केतिया, एल्नेनी, विलक र बालोगनले एक एक गोल गरे ।
युरोपा लिगकै अर्को खेलमा इंग्ल्याण्डको टोटनह्याम हट्सपरले बेल्जियमको रोयल एन्ट्रेपलाई २–० ले हरायो ।
यसैगरी इंग्याण्डको लेष्टर सिटीले ग्रिसको एईके एथेन्सलाई २–० ले हराउँदा स्कटल्याण्डको रेन्जर्सले पोल्याण्डको लेछ पोयानलाई २–० ले नै पाखा लगायो ।
गएराति एसि मिलान, सेल्टीक, स्पोर्टिङ ब्रागा, होफनहाइम र डाईनामो जाग्रेब पनि विजयी भए । गएराति समूह चरणका खेलहरु सकिएसँगै थप ६ वटा टोली नक आउट चरणमा पुगेका छन् ।
यो सँगै युरोपा लिग फुटबलमा नक आउट चरणमा पुगने सबै ३२ वटा टोलीहरुको टुंगो लागेको छ ।
ट्रेन्डिङ
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ