नेपाल–भारत ऊर्जा सचिवस्तरीय भर्चुअल बैठक आज

२०७७ मङ्सिर २६ शुक्रबार, काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी’को भर्चुअल बैठक आज हुँदै छ । आजको बैठकको आलगि एजेन्डा तय गर्न हिजो उर्जा सहसचिवस्तरीय ‘जोइन्ट वर्किङ कमिटी’को बैठक बसेको थियो ।

हिजोको बैठकमा नेपाल र भारतबिच ऊर्जा खरिद–बिक्रीसहित प्रसारणलाइन निर्माण लगायतका एक दर्जन एजेन्डामा छलफल भएको र आजको सचिवस्तरीय बैठकमा अन्तिम टुंगो लाग्ने बताइएको छ ।

बैठकमा नेपालले आगामी वर्षायामअघि नै भारतीय बजारमा नेपालको बिजुली जाने गरी कानूनी निकास दिन प्रस्ताव गरेको छ । भारतको ‘इनर्जी एक्सचेन्ज बजार’मा नेपाल विद्युत प्राधिकरणलाई प्रवेश दिन पनि नेपालले फेरि अग्रह गरेको छ ।

यो मार्केटमा आफ्ना लागि आवश्यक हुने बिजुली एक दिन अगावै बुक गर्न सकिन्छ । आफूलाई बढी हुने बिजुली बेच्न चाहानेले एक्सचेन्ज मार्केटमा बेच्न पनि सकिन्छ ।

नेपाल सरकारले पनि प्राधिकरणलाई भारतको एक्सचेन्ज मार्केटमा लगेर बिजुली बेच्न अनुमति दिइसकेको छ । तर निर्देशिकाअनुसार नेपाललाई एक्सचेन्ज मार्केटमा प्रवेश दिन भारतले ‘कन्डक्ट अफ बिजनेस रुल्स’ जारी गरेको छैन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार