मलाई नसोध.. कन्दराले गाउँदै

२०७७ मङ्सिर २६ शुक्रबार, काठमाडौं । स्वरसम्राट नारायण गोपालको कर्णप्रिय गीत ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ बोलका गीतमा पोखरेली ब्याण्ड कन्दराले स्वर भरेको छ ।

९० को दशकमा चर्चा कमाएको कन्दराले स्वरसम्राटको गीतलाई पुनः जीवन्त राख्ने उद्देश्यले स्वर भरेको हो । ब्याण्डलाई सक्रिय बनाउनका लागि ब्याण्डका सदस्य लागी परेका छन् । ब्याण्डका गायक विवेक श्रेष्ठ हाल अष्टे«लियामा छन् । नेपाल आएका बेला उनी ब्याण्डमा सक्रिय हुने गरेका छन् । स्वरसम्राटको तीसौं पूण्य स्मृतिको अवसरमा ब्याण्डले यो गीतलाई गाएको हो । उक्त गीतको रचनाकार हरिभक्त कट्वाल हुन् ।

ब्याण्डका सदस्य सुनिल थापा, अमित गुरुङ, अनिल गुरुङ, अशिम शेरचन, बुद्धराज बज्राचार्य, र अविनाश गायकले उक्त गीतको भिडियोसमेत निर्माण गरेका छन् । गायक श्रेष्ठले कोरोना महामारीको अन्त्यसँगै कन्दरा पुनः सदाबहार गीत लिएर स्रोतामाझ आउने उद्घोष गरेका छन् ।

kandara-dharan-(1)kandara-dharan-5

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार