२०७७ मङ्सिर २८ आइतबार, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले चेल्सीलाई पराजित गरेको गरेको छ । गएराती सम्पन्न खेलमा एभर्टनले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एभर्टनको जितमा गिल्फी सिगुर्सनले पेनाल्टीबाट गोल गरेका थिए । योहार पछि चेल्सीले लिगको शिर्ष स्थानमा उक्लिए अवसर गुमाएको छ ।
त्यस्तै प्रिमियर लिगमा गएराती नै सम्पन्न म्यानचेस्टर डर्बी बराबरीमा रोकिएको छ । निर्धारित ९० मिनेटको खेलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी बिना कुनै गोल बराबरीमा रोकिदै एक एक अंक बाडेका छन् ।
गएरातीको जितपछि एभर्टनको १२ खेलमा २० अंक भएको छ र लिगको सातौ स्थानमा रहेको छ । त्यस्तै चेल्सी हारपछि १२ खेलमा २२ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ । त्यसैगरी म्यानचेस्टर युनाइटेडको ११ खेलमा २० अंक रहेको छ भने सिटीको ११ खेलमा १९ अंक रहेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
कमल थापाले बाबुरामलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि…
प्रचण्ड–माधव समूहले ग¥यो नेम्वाङसहित ओली समूहका ७ नेतालाई कारबाही
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात