२०७७ मङ्सिर २८ आइतबार, काठमाडौं । ग्लोबल डाटा कलेक्शन र एनालिसिस प्लेटफर्म हाइप अडिटर एजेन्सीले २०२० ग्लोबल इन्स्टाग्राम इन्फ्लुएन्सरहरूको सूची जारी गरेको छ । विराट कोहली र अनुष्का शर्मा यस सूचीमा शीर्ष २५ मा परेका छन् । ग्लोबल इन्स्टाग्राम प्रभावकारी २५ सूचीमा केवल तीन भारतीयले आफ्नो स्थान बनाउन सफल रहेका छन् ।
यस सूचीमा विराट १२ औं र उनकी पत्नी अनुष्का २५ औं स्थानमा रहेका छन् । विराट पहिलो भारतीय हुन्, जसले यो सूचीमा शीर्ष स्थान प्राप्त गरेका छन् । यी दुई बाहेक प्रधानमन्त्री नरेन्द्र मोदी यस सूचीको शीर्ष २५ स्थानमा रहेका तेस्रो भारतीय हुन् । उनी यस सूचीमा १९ औं स्थान छन् ।
स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो ग्लोबल इन्स्टाग्राम इन्फ्लुएन्सरहरूको सूचीमा शीर्ष स्थानमा रहेका छन् भने काइली जेनर दोस्रो र केन्डल जेनर तेस्रो स्थानमा रहेका छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो