२०७७ मङ्सिर २८ आइतबार, काठमाडौं । बलिउड अभिनेता सोनु सूद हरेक पटक मद्दतको एक नयाँ उदाहरण बनिरहन्छन् । उनले आफ्नो सम्पत्ति धितो राखेर गरिबहरुको लागि काम गरिरहेका छन् । अवश्यक परेकाहरूलाई आत्मनिर्भर बनाउनका लागि उनले सानो प्रयास गरेका छन् ।
सोनुले यो कुरालाई सामाजिक सञ्जालमार्फत् घोषणा गरेका हुन् । आवश्कता परेकाहरुलाई उनले ई–रिक्सा दिएका हुन् । यस पहलको सोनुले ‘कमाएर घर चलाउ’ नाम दिएका छन् । सोनु आफ्नो पहलबारे लेख्छन् ,‘भोलिको ठूलो जम्पको लागि सानो कदम । मानिसहरूलाई सशक्त बनाउन र साना व्यवसाय सुरू गर्न निःशुल्क ई–रिक्सा प्रदान गर्न एउटा सानो प्रयास । आफैँ कमाएर घर चलाउ, उद्देश्य भारत बनाउने हो ।’
सोनुले यसअघि १० करोड रुपैयाँ ऋण लिएर आवश्यकता परेकाहरुलाई मद्दत गरेका थिए । उनको अर्को लक्ष्य बुर्जुवा वर्गहरुको घुँडाको शल्यक्रिया गर्ने रहेको छ । उनले एक अन्तरवार्तामा भनेका छन्–‘म वृद्धहरूको घुँडाको शल्यक्रिया गराउन चाहन्छु, ताकि उनीहरू समाजको एउटा बेकार र उपेक्षित हिस्सा जस्तो नलागुन् । म मेरो प्राथमिकताको रूपमा २०२१ मा घुडा प्रत्यारोपण गर्न चाहन्छु ।’
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’