२०७७ मङ्सिर २९ साेमबार, काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै लियोनसँग १-० ले स्तब्ध बनेको छ । लियोनको जितमा खेलको ३५औ मिनेटमा टिनो कडेवेरेले गोल गरेका थिए ।
यस सिजनमा पिएसजीको लिग वानमा यो चौथो हार हो । यस खेलमा खेलको ९० मिनेटपछिको इन्जुरी समयमा लियोनका थियागो मेण्डेजले रातो कार्ड पाएका थिए ।
यस खेलमा पिएसजीमा नेइमार घाइते भएका छन् । उनको एन्कलमा चोट लागेको बताइएको छ तर पिएसजीले यस बारेमा कुनै अपडेट भने दिएको छैन ।
यो जितपछि लियोन १४ खेलमा २९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने पिएसजीको १४ खेलमा २८ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’