जब गुडिरहेको बसमा लाग्यो आगो…

२०७७ मङ्सिर २९ साेमबार, काठमाडौं । दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।

मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए । आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५-१६ जना यात्रु भएको प्रहरीले बताएको छ । रासस

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार