उखु किसानको आन्दोलनमा विवेकशील साझाको पनि समर्थन

२०७७ मङ्सिर २९ साेमबार, काठमाडौं । चिनी मिलहरुबाट भुक्तानी नपाएपछि काठमाडौंमा हिजोदेखि आन्दोलित भएका उखु किसानहरुले आज पनि विरोध प्रदर्शन गर्दै छन् । उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा काठमाडौं आएर हिजोदेखि आन्दोलन सुरु गरेका किसानहरुले आज पनि बिहान ११ बजेदेखि माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्दैछन् ।

उखु किसानहरुको आन्दोनमा विवेकशील साझा पार्टीले समेत समर्थन जनाएको छ । भर्खरै पार्टी एकीकरण गरेर आफूलाई वैकल्पिक शक्ति दाबी गर्दै आएको विवेकशील साझाले उखु किसानहरुको आन्दोलनमा समर्थन जनाएको हो ।

उखु किसान संघर्ष समितिले गत वर्षको पुस १८ सरकारले आफूसँग गरेको सम्झौता तत्काल लागु गर्नुपर्ने र चिनी मिलहरुबाट तत्काल भूक्तानी पाउनुपर्ने लगाएतका विभिन्न माग राखि आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

चिनी मिलबाट वषौंदेखि भुक्तानी नपाएर पीडित बनेका आफूहरुलाई सरकारले समेत झुलाएको कृषकहरुको गुनासो छ । सरकारी तथ्याङ्क अनुसार उखु मिलसँग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार