विना मगर भन्छिन्- ‘खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु’

२०७७ मङ्सिर २९ साेमबार, काठमाडौं । खानेपानी मन्त्री विना मगरले खानेपानी मन्त्रालयमा भ्रष्टाचार भएकाे प्रमाण भेटेमा आफूले राजीनामा दिने बताएकी छिन् । सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले यस्तो बताएकी हुन् ।

उनले देश समृद्ध बनाएरै छाेड्ने प्रतिज्ञा समेत गरेकी छिन् ।

‘आज म प्रतिज्ञा गर्छु- खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु,’ मन्त्री विना मगरले ट्वीटरमा लेखेकी छिन्- ‘देश समृद्ध बनाएरै छाड्छौँ ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार