‘कम्युनिस्ट सरकार बनेपछि बलात्कारी बढे’ : सभापति देउवा

२०७७ मङ्सिर ३० मङ्लबार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकार आएपछि देशमा बलात्कारका घटना बढेको बताउनुभएको छ ।

सरकारविरोधी प्रदर्शनका क्रममा हिजाे हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले सरकारले बलात्कारी समाउनै नचाहेको आरोप लगाउनुभएको हो ।

‘कम्युनिस्ट सरकार भएपछि बलात्कारका घटना बढेका छन् । सरकार बलात्कारी र हत्या फक्रनै चाहँदैन । त्यही भएर बढेका हुन्’, उहाँले भन्नुभयो ।

नेता देउवाले सरकारकै लापरवाहीका कारण निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लाग्न सकेको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार