सकियो संवैधानिक परिषद् बैठक, राष्ट्रपति भेट्न प्रधानमन्त्री पुगे शीतल निवास

२०७७ मङ्सिर ३० मङ्लबार, काठमाडौं । बालुवाटारमा जारी संवैधानिक परिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका छन् ।

आजै दिउसो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका प्रधानमन्त्रीले साँझ परिषद्को बैठक डाकेका थिए । परिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न शीतल निवास गएका हुन् ।

संबैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्री र राष्ट्रपतिको चर्को आलोचना भइरहेको छ । परिषद्का बहुमत सदस्यको उपस्थितिमा परिषद्को बैठक सक्ने गरी ल्याइएको अध्यादेशले सरकार अधिनायकवाद तर्फ उन्मुख भएको भन्दै सत्ता पक्ष र प्रमुख प्रतिपक्षले समेत विरोध जनाएका छन् ।

विभिन्न संवैधानिक निकायमा रिक्त रहेका ४५ सदस्य पदपुर्ति गर्न आज विहान डाकिएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएका थिए । अध्यादेश पछि बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै सभामुखको पनि अनुपस्थिति छ । बैठकले कुनै ठोस निर्णय भने नगरेको बालुवाटार श्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार