२०७७ पुष १ बुधबार, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी पराजित भएको छ । गएराती सम्पन्न खेलमा वुल्भ्सले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
वुल्भ्सको जितमा डानियल पोडेन्स र पेड्रो नेटोले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि ओलिभर गिराउडले एक गोल गरेका थिए । १-१ गोलको बराबरी रहेको अवस्थामा वुल्भ्सका पेड्रोले खेलको ९५औ मिनेटमा गोल गर्दै चेल्सीलाई पराजित गरेको थियो ।
वुल्भ्स यो जितपछि १३ खेलपछि २० अंक हासिल गरेको छ भने लिगमा १०औँ स्थानमा उक्लिएको छ । त्यस्तै चेल्सी भने १३ खेलमा २२ अंकसहित लिगको पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै लिगमा गएराती भएको खेलमा म्यानचेस्टर सिटी वेस्ट ब्रोमविचसँग १-१ गोलको बराबरीमा रोकिएको छ । यो बराबरीपछि सिटीको १२ खेलमा २० अंकरहेको छ भने वेस्ट ब्रोमविचको १३ खेलमा ७ अंक रहेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’