२०७७ पुष १ बुधबार, काठमाडौं । नेपालको आफ्नै स्याटेलाइट राख्न नेपाल दूरसञ्चार प्राधिकरणले पुनः नयाँ प्रक्रिया सुरुवात गरेकाे छ ।
स्याटेलाइट राख्न ४ वर्ष अघि सुरु गरेको पुरानो प्रक्रिया गत मंसिर २१ मा रद्द गरेपछि प्राधिकरणले नयाँ प्रक्रिया अगाडि बढाएको हो ।
दूरसञ्चार प्राधिकरणले बुधबार सूचना प्रकाशित गर्दैं स्याटेलाइटको नियमन तथा सुरक्षा, व्यवसायिक मोडालिटी र सञ्चालनको मोडालिटी नीति तयार गर्न अन्तर्राष्ट्रिय परामर्श माग गरेको छ ।
परामर्शको लागि नेपाल सरकारले छुट्टै रकम विनियोजन गरेको भन्दै दूरसञ्चार प्राधिकरणले इच्छुक परामर्शदाताबाट आशयपत्र माग गरेको हो । परामर्शदाताले आगामी डिसेम्बर ३१ भित्र आफ्नो आशयपत्र दर्ता गरिसक्नुपर्नेछ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो