अर्थव्यवस्थामा अनुमानभन्दा बढी असर : आईएमएफ

२०७७ असार ११ बिहीबार , एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना महामारीका कारण विश्वको अर्थव्यवस्थामा सुरुमा अनुमान गरिएभन्दा पनि ठूलो असर पर्ने बताएको छ ।

आईएमएफका अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले गिरावट आउने छ । गत अप्रिलमा अर्थव्यवस्थामा पाँच प्रतिशतले कमी आउने आईएमएफले जनाएको थियो ।

कोरोना महामारीबाट जोगिन बिभिन्न देशहरुले जारी राखेको लकडाउनको असर विश्वभरको अर्थव्यवस्थामा असर परिरहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार