बराबरीमा रोकियो आर्सनल, एभर्टन शीर्ष पाँचमा

२०७७ पुष २ बिहीबार, काठमाडौं । प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । गएराति भएको खेलमा आर्सनलले साउथह्याप्टनसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको १८ औं मिनेटमा साउथह्याप्टनका लागि थओ अल्कोटले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा प्रि-इमिरिक अबुयाङले आर्सनलका लागि बराबरी गोल फर्काए ।

बराबरीसँगै साउथह्याप्टन तेस्रो स्थानमा रहेको छ । लिगमा १३ खेल खेलेको साउथह्याप्टनले २४ अंक जोडेको छ । यता, १४ अंक जोडेको आर्सनल तालिकाको १५ औं स्थानमा छ ।

यस्तै लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टनले लेस्टर सिटीलाई २-० गोल अन्तर हराएको छ । लेस्टरको घरेलु मेदानमा भएको खेलमा एभर्टनलाई जित दिलाउन रिचर्डलिसनले र मोसन होल्गाटेले एक-एक गोल गरे ।

जितसँगै एभर्टन अंक तालिकाको शीर्ष पाँचमा पुग्न सफल भएको छ । लिगमा १३ खेल खेलेको एभर्टनले २३ अंक जोडेको छ । २४ अंक रहेको लेस्टर तालिकाको चौथो स्थानमा छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार