२०७७ पुष २ बिहीबार, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले टोटनह्यामलाई २(१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलका लागि रोबेर्ट फिर्मिनोले खेलको ९०औं मिनेटमा निर्णायक गोल गरेपछि लिभरपुल विजयी भएको हो । यस अघि लिभरपुलका लागि खेलको २६औं मिनेटमा मोहमद सलाहले गोल गरेका थिए भने खेलको ३३औं मिनेट टोटनह्यामका लागि सन हंग मीनले गोल फर्काएर खेल बराबरी गरेका थिए ।
यो जितपछि लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुल १३ खेलमा २८ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेको छ । त्यस्तै टोटनह्यामको १३ खेलमा २५ अंक रहेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’