इटालियन सिरी ए मा युभेन्टस बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस र एटलान्टा १-१ गोलको बराबरीमा रोकिएका हुन् ।
क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मिस गरेपछि युभेन्टस जितबाट चुकेको थियो । रोनाल्डोले खेलको ६१ मिनेटमा प्रहार गरेको पेनाल्टी एटलान्टाका गोल किपर पिएरलुइगी गोल्लिनीले बचाएका थिए ।
युभेन्टसका लागि फेडेरिको चिसाले गोल गरेका थिए भने एटलान्टाका लागि रिमो फ्रेउलेरले एक गोल गरेका थिए । यो बराबरीपछि युभेन्टसको १२ खेलपछि २४ अंक भएको छ भने एटलान्टाको ११ खेलमा १८ अंक भएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’