२०७७ पुष २ बिहीबार, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ५ करोड २३ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड २३ लाख ५४ हजार १५३ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १६ लाख ५४ हजार ३४४ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ७ करोड ४५ लाख १४ हजार ४८६ छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म ३ लाख १४ हजार ५७७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड ७३ लाख ९२ हजार ५९८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ४६ हजार ९७६ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३ हजार ४८६ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४४ हजार ४८७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३५७ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा १८ हजार १६४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९९ लाख ५१ हजार ७२ पुगेको हो ।
प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ७० लाख ४२ हजार ६९५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९६८ नाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ८३ हजार ८२२ पुगेको छ ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’