बिबिसी मास्टर सेफको टप ३ मा पुगे सन्तोष

२०७७ पुष २ बिहीबार, काठमाडौं । सिरहामा जन्मिएका सन्तोष शाह बिबिसी मास्टर सेफको टप ३ मा पुगेका छन् । आमाले सानोमा आफूलाई खुवाउने गरेको खाजा पस्किएर उनले मास्टर सेफमा यो स्थानसम्म पुगेका हुन् ।

बुधबार बेलुका बिबिसी वानमा प्रसारण भएको बिबिसी मास्टर सेफ प्रोफेसनल २०२० मा सन्तोषले उत्कृष्ट ३ सेफको स्थानमा आफूलाई पुर्याएका हुन् । भादगाउँले टोपी लगाएर बिबिसी मास्टर सेफको प्रतियोगितामा आएका सन्तोषले आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनु पर्ने राउन्डमा आमालाई सम्झिए ।

सन्तोषले यो प्रतियोगितामा पुरी, गँगटाको तरकारी, भुटेको चिउरा, भुटेको खुर्सानी, खिरलगायतका परिकार तयार पारेका थिए । अब यो प्रतियोगिताको फाइनल बिहीबार हुँदैछ । यो प्रतियोगिताका प्रत्येक चरणमा सन्तोषले नेपाली परिकार बनाएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार