प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ओलीले बिहीबार साँझको लागि बैठक डाकेका हुन् ।

बैठकमा गत मंगलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीलगायतका विषयमा छलफल तथा निर्णय हुने बुझिएको छ । अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधानअनुरुप मन्त्रिपरिषद्ले सोबारे निर्णय गर्न लागेको बताइन्छ ।

यसअघि बुधबार बसेको स्थायी कमिटी बैठकले सो अध्यादेश फिर्ता लिन निर्देशन दिएको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार