२०७७ असार ११ बिहीबार , एजेन्सी । सर्जियो रामोसले फ्रिकिकबाट गरेको सनसनीपूर्ण गोलको सहयोगले रियल म्याड्रिडले मंगलबार रियल मार्लोकालाई २–० ले हरायो र फेरि स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लियो ।
रियलले भिनिसियस जुनियरको गोलले पहिलो हाफमा अग्रता लिएयता रामोसले उत्कृष्ट फ्रिकिक प्रहार गरेका थिए । अल्फ्रेडो स्टेफानो स्टेडियममा प्राप्त यो जितपछि रियल र बार्सिलोनाको समान ६८ अंक भएको छ । रियल भने दुई टिमबीच हेड टु हेडको आधारमा अगाडि रहेको हो ।
मंगलबारकै अन्य दुई खेलमा ओसासुनाले एलाभोस र सेल्टा भिगोले रियल सोसिडाडलाई समान १–० ले पराजित गरेको थियो । सोसिडाडको यो हारले अर्को सिजन युरोपमा खेल्ने अभियानमा ठूलो धक्का पुगेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’