अमेरिकाले दियो साइबर हमलाको खतराको चेतावनी

२०७७ पुस ३ शुक्रबार, काठमाडौं । अमेरिकी अधिकारीहरुले सरकारका संबेदनशील क्षेत्रमा साइबर आक्रमणको खतरा रहेको चेतावनी दिएका छन् । अमेरिकामा ठुलो साइबर हमलाको खुलासापछि अमेरिकी सेक्युरीटी एण्ड इन्फ्रास्ट्रक्चर एजेन्सी (सीआइएसए) ले यस्तो चेतावनी दिइएको हो ।

सीआइएसएले अमेरिकाको अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयलाई ह्याकरहरुले निशाना बनाएको खुलासा गरिएको थियो । अमेरिकाले यस प्रकरणमा रुसको हात रहेको आशंका गरेको छ । तर रुसका अधिकारीहरुले भने यसलाई ठाडै अस्वीकार गरेका छन् ।

विहिबार सीएसएसएले एक विज्ञप्ति जारी गर्दै सरकारी एजेन्सी, संबेदनशील संस्थान र निजी क्षेत्रहरु ह्याकरको निशानामा रहेको र यसको शुरुवात गत मार्चदेखि गरिएको बताएको छ ।

अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो प्रशासनले साइबर सुरक्षालाई शिर्ष प्राथमिकतामा राख्ने बताएका छन् । यो ह्याकिंग अभियानमा अमेरिकाका कैयौं सरकारी एजेन्सीलाई निशाना बनाएको बताइएको छ ।

ह्याकरहरुले अमेरिकाको विदेश, रक्षा, अर्थ, आन्तरिक सुरक्षा, वाणिज्य मन्त्रालयको गोप्य डाटालाई मोनिटर गरेको खुलासा भएको छ ।

अमेरिकी सरकारले यसको पछाडी कसको हात छ भन्ने बारे प्रष्ट रुपमा नभनेपनि मिडिया रिपोर्टहरुमा रुसको हात रहेको बताइएको छ ।

तर अमेरिकास्थित रुसी राजदुताबासले सामाजिक संजालमार्फत एक विज्ञप्ति जारी गर्दै रुसले साइबर हमला नगरेको र नगर्ने उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार