बलिवुडमा ड्रग्स प्रकरणको छानबिन गरिरहेको भारतीय नारकोटिक्स नियन्त्रण ब्यूरो (एनसीबी) ले चर्चित निर्माता एवं निर्देशक करण जोहरलाई बयानका लागि बोलाएको छ ।
एनसीबीले विहिबार एक नोटिस पठाउदै जोहरलाई बयानका लागि बोलाएको हो ।
जोहरको घरमा २०१९ मा भएको एक पार्टीमा ड्रग्सको प्रयोग भएको भन्दै एक भिडियो भाइरल भएको थियो । भारतीय मिडियाहरुले सोहि भिडियोलाई आधार बनाएर एनसीबीले जोहरलाई बयानका लागि बोलाएको उल्लेख गरेका छन् ।
अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिवुडमा ड्रग्सको प्रयोग बारे एनसीबीले अहिले अनुसन्धान गरिरहेको छ । एनसीबीले यसअघि अभिनेत्री दीपिका पादुकोन, साराअली खान, श्रद्धा कपुर, रकुलप्रित सिंहसँग बयान लिएको छ ।
साथै अभिनेता अर्जुन रामपालसँग एनसीबीले यसअघि बयान लिएपनि फेरी बयानका लागि नोटिस पठाएको छ । अनुसन्धानकै क्रममा हास्यकलाकार भारती सिंह र उनका पति हर्षलाई हिरासतमा लिएकोमा उनीहरु अहिले जमानतमा छुटेका छन् ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो