राजसंस्था र हिन्दूराष्ट्रको माग गर्दै ललितपुरमा राप्रपाकाे विशाल प्रदर्शन

२०७७ पुस ३ शुक्रबार, काठमाडौं । राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन  सुरू गरेको छ ।

राप्रपा ललितपुर समितिले  राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा शुक्रबार मोटरसाइकल र्‍याली गरेको हाे ।

कुपन्डोलबाट सुरु भएको र्‍याली पुल्चोक, जावलाखेल, कुमारीपाटी हुँदै लगनखेलमा पुगेर सभामा परिणत हुने जनाएकाे छ ।

पछिल्लो समय देशभर विभिन्न राष्ट्रवादी समूहले राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा आन्दोलन तथा प्रदर्शन गर्दै आएका बेला राप्रपाले पनि थालेको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार