ओली–दाहालबीच भेटवार्ता, सहमति खोज्ने प्रयास

२०७७ पुस ४ शनिबार, काठमाडौं । सत्ताधारी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार साँझ भेटवार्ता भएको हो ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले दिएका जानकारीअनुसार दुई अध्यक्षबीच पार्टीको आन्तरिक विवादबारे कुराकानी भएको थियो । यसअघि हिजो पनि उनीहरुबीच भेटवार्ता भएको थियो । खासगरी गत मंगलबार प्रधानमन्त्रीसमेत रहेका ओलीले आफूअनुकूल संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराएपछि नयाँ मोड लिएको पार्टी विवादको मिलन बिन्दु भेटिएको छैन ।

यसैबीच आजै अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकटका प्रदेश नं. १ का जिल्लाहरुका पार्टी अध्यक्ष र सचिवलाई पेरिसडाँडामा बोलाएर ब्रिफिङ्ग गरेका थिए । ब्रिफिङ्गका क्रममा दाहालले ओलीले अब पनि अध्यादेश फिर्ता नलिए थप एक्सन लिने बताएका थिए भने माधव नेपालले भने ओलीले धोका दिने शृङ्खला बढ्दै गएको बताएका थिए ।

भेलामा उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले आएका थिएनन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार