२०७७ पुस ४ शनिबार, काठमाडौं । नितम्ब सुन्दर बनाउन शल्यक्रिया (प्लास्टिक सर्जरी) गराउँदा मेक्सिकोकी एक इन्स्टाग्राम मोडलको मृत्यु भएको छ । स्विमसुट डिजाइनरसमेत रहेकी क्यानो मोडल ३० वर्षीया जसलिन क्यानोले नितम्बको प्लास्टिक सर्जरी गराउने क्रममा मृत्यु भएको हो ।
जसलिनलाई मेक्सिकोकी किम कार्दासियन पनि भनिन्छ । इन्स्टाग्राममा क्यानोका लगभग १३ मिलियन फलोअर्स छन् जो उनको सुन्दर फिगरका प्रशंसक हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो महिनाको सुरुवातमा क्यानो आफ्नो क्यालिफोर्नियास्थित घरबाट कोलम्बियामा प्लास्टिक सर्जरी गराउन गएकी थिइन् ।
‘बट लिफ्ट’ भनिने शल्यक्रियामार्फत क्यानोको पेटबाट बोसो निकालेर उनको नितम्बमा राखिँदै थियो । त्यस क्रममा उनको मृत्यु भएको हो । चिकित्सकका अनुसार यस्तो शल्यक्रियामा तीन हजार व्यक्तिमध्ये एक जनाको मृत्यु हुने गर्छ ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’