२०७७ पुस ५ आइतबार, एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी मेस्सीले एकै क्लबबाट खेल्दै धेरै गोल गर्ने ब्राजिली लिजेण्ड पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् ।
मेसीले एकै क्लबबाट खेल्दै पेलेको ६ सय ४३ गोलको कीर्तिमान बराबरी गरेका हुन । शनिबार भ्यालेन्सियासँग २–२ को बराबरी खेल्दा मेस्सीले बार्सिलोनाबाट एक गोल गरेका थिए ।
पहिलो हाफको ईन्जुरी समयमा मेसीले हेडमार्फत गोल गर्दै पेलेको कीर्तिमान बराबरी गर्न सफल रहे । मेसीले सन २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । ८० वर्षिया पेलेले सन १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिली क्लब सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए ।
मेस्सीको गोलका बाबजुत बार्सिलोनाले तालिकाको बिचमा रहेको भ्यालेन्सियाविरुद्ध जित निकाल्न भने सकेन । यो नतिजाले २६ पटकको च्याम्पियन बार्सिलोना तालिकाको पाँचौ स्थानमा रह्यो । क्याटलान क्लब शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ८ अंकले पछि रह्यो ।
बार्सिलोना २१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । भ्यालेन्सिया १५ अंक सहित १२ औं स्थानमा छ । शनिबारमात्रै एट्लेटिकोले इल्चेलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । शीर्ष स्थानको एट्लेटिको २९ अंक रहेको छ ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’