नेकपा प्रवक्ताको अपिल–‘ओलीको कदमविरुद्ध एक होऔं’

२०७७ पुस ५ आइतबार, काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध एक हुन आह्वान गरेका छन् ।

ओलीको संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष पठाउने निर्णयविरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पूर्ण एक हुनु आह्वान गरेका प्रवक्ता श्रेष्ठले थप लेखेका छन्, ‘आज प्रधानमन्त्री श्री केपी शर्मा ओलीले संघीय प्रतिनिधि सभा विघटन गर्न गर्नुभएको सिफारिस गैरसंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो । यो लागू हुन सक्दैन । यसविरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पूर्ण एक होऔं।’

प्रधानमन्त्री ओलीको उक्त कदमलाई प्रायः नेताहरुले असंवैधानिक भनेका छन् भने नेकपाभित्रको ओली इतर पक्ष सर्वोच्चमा मुद्दा हाल्ने तरखरमा छ ।

अहिले ओली सिफारिससहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास छिरेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार