२०७७ पुस ६ साेमबार, काठमाडौं । इटालियन सिरी ए मा इन्टर मिलान दोस्रो स्थानमा उक्लिएको छ । इन्टर मिलानले आइतबार राति भएको खेलमा स्पेजियालाई २-१ गोल अन्तरले पराजित गर्दै सिरी ए मा दोस्रो स्थानमा उक्लिएको हो ।
इन्टरको जितमा रोमेलु लुकाकु र अचरफ हाकिमीले एक एक गोल गरेका थिए भने स्पेजियाका लागि रोबेर्टो पिकोलीले एक गोल फर्काएका थिए । यो जितपछि इन्टरमिलानको १३ खेलमा ३० अंक भएको छ भने लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै स्पेजियाको १३ खेलमा ११ अंक रहेको छ र लिगमा १७औ स्थानमा रहेको छ ।
आइतबार राति नै भएको अर्को खेलमा अपराजित रहँदै शीर्षस्थानमा रहेको एसी मिलानले सासुओलोमाथि २–१ को जित निकालेको छ ।
मिलानको जितमा राफयल लिआओ र एलेक्सिस सलिमर्कसले गोल गरे । घरेलु टोलीका डोमिनिको बेरारडीले एक गोल फर्काए । यो जितसँगै मिलान १३ खेलबाट ३१ अंक जोड्दै शीर्षस्थानमा यथावत रहेको छ । पराजित सासुओलो २३ अंक जोडेर छैटौं स्थानमा छ ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’