प्रधानमन्त्रीले आफू समर्थक सांसदलाई बोलाए बालुवाटार

२०७७ पुस ६ साेमबार, काठमाडौं । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू समर्थक सांसदहरूलाई बालुवाटार बोलाएका छन् । विघटनपछि बदलिएको राष्ट्रिय परिस्थितिको मूल्यांकन गर्दै आगामी रणनीति तयार गर्न ओलीले आफू पक्षधर सांसदहरूलाई बालुवाटार बोलाएका हुन् ।

ओलीले बिहान ९ बजे आफू पक्षधर सांसदहरुलाई बोलाए । बालुवाटारले बोलाएको सूचना प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीले सबै सांसदलाई आइतबार साँझ एसएमएसमार्फत पठाएका थिए । प्रधानमन्त्रीले आइतबार साँझ नै आफूनिकट शीर्ष सांसद र नेताहरूसँग भने छलफल गरेका थिए ।

यस्तै ओलीइतर समूहले पनि बोलायो सांसद्हरुलाई बोलाएको छ । नेकपाको स्थायी कमिटी बैठकले आज संसद् भवन, नयाँ बानेश्वरमा पार्टीका सांसदहरूको बैठक आह्वान गरेको हो । सांसदहरूको बैठकलगत्तै अपराह्न ३ बजे स्थायी कमिटी बैठक बस्नेछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार