रामचन्द्र पौडेलको आक्रोश– विद्या र केपीले भन्दैमा हुँदैन, संसद पुनर्स्थापना हुन्छ

२०७७ पुस ६ साेमबार, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पहिलो माग संसद पुनस्थापना भएको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र संविधानको हत्या गरेकाले पहिला संविधान र लोकतन्त्र जोगाउनु पर्ने भएकाले अहिलेको कदम खारेज हुनुपर्ने उहाँको भनाइ छ ।

नेता पौडेलले विगतमा पनि पटक–पटक संसद विघटन भएकाले आजित भएर संविधान बनाउदा संसद विघटन गर्न नमिल्ने व्यवस्था स्पष्टसँग राखिएको दावी गर्नुभयो ।

पौडेलले भन्नुभयो, “संविधान बनाउने प्रमुख नेता मध्ये म पनि एक हुँ, प्रतिशोधका आधारमा विगतमा पटक पटक संसद विघटन भएकोले आगामी दिनमा त्यस्तो हुन नदिनका लागि संविधानमा संसद विघटन गर्न नमिल्ने प्रावधान राखेका हौँ, त्यसैले विघटनको निर्णय असंवैधानिक छ ।”

उहाँले अब चुनावमा होइन, प्रजातन्त्र मास्नलाई लागेकाहरुका विरुद्धमा उत्रिनु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री र राष्ट्रपतिले भन्दैमा संसद विघटन हुने भन्दै नेता पौडेलले संसद ब्युउँताउन जनतालाई गुहार्ने र अदालतलाई अपिल गर्ने बताउनुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार