ओली पक्षको भेला बालुवाटारमा जारी, प्रचण्ड-नेपाल समूहको दिउँसो संसद् भवनमै

२०७७ पुस ६ साेमबार, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरूको भेला बालुवाटारमा सुरु भएको छ । भेलामा ओलीपक्षीय विघटित सांसदको उपस्थिति छ ।

भेलामा विघटनपछि बदलिएको राष्ट्रिय परिस्थितिको मूल्यांकन गर्दै आगामी रणनीति तयार गर्ने विषमा छलफल भइरहेको हो । प्रधानमन्त्रीले आइतबार साँझ नै आफूनिकट शीर्ष सांसद र नेताहरूसँग भने छलफल गरेका थिए ।

यस्तै ओलीइतर समूहले पनि बोलायो सांसद्हरुलाई बोलाएको छ । नेकपाको स्थायी कमिटी बैठकले आज संसद् भवन, नयाँ बानेश्वरमा पार्टीका सांसदहरूको बैठक आह्वान गरेको हो । सांसदहरूको बैठकलगत्तै अपराह्न ३ बजे स्थायी कमिटी बैठक बस्नेछ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यसपछि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार