फोटो खिच्ने क्रममा झुलुङ्गे पुलबाट खसेर एककाे मृत्यु, कास्की र नवलपरासी (पूर्व) मा दुई जना मृत फेला

२०७७ पुस ६ साेमबार, काठमाडौं । नवलपरासी (पूर्व), बुलिङटार गाउँपालिका-३ स्थित भिरकुटी खोलामा सोही ठाउँ बस्ने ४५ वर्षीय गमबहादुर कुमाल सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-१६ लामाचौरस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै दाङ, तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरी बस्ने २४ वर्षीय रमेश थापाको बबई गाउँपालिका-५ पुरनधारा छहरास्थित पिकनिक गएको अवस्थामा झुलुङगे पुलमा फोटो खिच्ने क्रममा पुलबाट करिब १ सय ५० मिटर तल खसेर मृत्यु भएको छ ।

शनिबार उक्त पुलबाट खसेर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल हुँदै मेडिकल कलेज कोहलपुर लगिएकोमा थप उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार