दाङ पुगेर कृष्णबहादुर महराले भने- ‘कम्युनिष्ट एक हुनुको विकल्प छैन’

२०७७ पुस ७ मङ्गलबार, काठमाडौं । सङ्घीय संसद्का पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताएका छन् ।

कम्युनिष्ट पार्टीका दाङ जिल्लाका संस्थापक सदस्य मणिकलाल गौतमको १३ औँ दिनको पुण्यतिथिमा आज घोराहीमा आयोजित श्रद्धाञ्जलिसभामा उहाँले पार्टीमा देखिएको समस्यालाई छलफलबाट हल गर्नुपर्ने बताए ।

अहिले पार्टीभित्रको समस्या बहसकै अवस्थामा रहेको भन्दै उनले स्वस्थ राजनीतिक बहस भएमा यसले मुलुकमा नयाँ निकास दिने बताए । ‘अहिले पार्टी विभाजनको स्थितिमा पुगेको छ तर पार्टी एक हुनुको विकल्प छैन’, नेता महराले भने । उनले वामपन्थी एकता, राष्ट्रिय एकता, आदर्श र सिद्धान्तमा अडिग हुनुपर्ने बताए । ठूलो सङ्घर्षबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्नेसमेत उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार