पूर्वराजाको चेतावनी- ‘बेलैमा सचेत नभए नेतालाई जनताले बाँकी राख्दैनन्’

२०७७ पुस ७ मङ्गलबार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको मतको कदर नगर्ने नेताबाट केहि आश गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको सन्दर्भलाई संकेत गर्दै पूर्वराजा शाहले नेताहरुबाट केही पनि आशा गर्न नसकिने बताएका हुन् ।

‘जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिँदैन,’ सामाजिक सञ्चालमा शाहले लेखेका छन्, ‘कुर्सी र पदको मोहमा देशलाई हेलाँ गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।’

बेला बेलामा पूर्वराजा शाहले नेताहरुको कार्यशैलीप्रति गुनासो गर्दै आएका छन् । उनले केहि दिनअघि मात्र आफूलाई जनताले नहटाएको बताएका थिए ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार