ओली समूहकाे निर्णय – ०७८ मंसिरमा महाधिवेशन

२०७७ पुस ७ मङ्गलबार, काठमाडौं । सत्तारूढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टी अधिवेशन २०७८ काे मंसिरमा गर्ने प्रस्तावलाई अनुमाेदन गरेकाे छ ।

बालुवाटारमा जारी ओली समूहकाे बैठकले पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना गर्ने निर्णय गरेकाे हाे । यसअघि माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले ०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

बैठकले यसअघि प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कारवाही गरी उनकाे ठाउँमा प्रदीप ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरिसकेकाे छ । यस्तै आजकै बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार