‘ओलीले राजीनामा नदिइ संविधानको खिल्ली उडाए’

२०७७ पुस ११ शनिबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानको खिल्ली उडाएको बताएका छन् । शनिबार एक ट्वीट् गर्दै नेता रावलले ओलीले देश, जनता र पार्टीप्रति विश्वासघात गरेको पनि टिप्पणी गरेका छन् ।

आफैँ चुनावको मिती तोकेर पनि पदबाट राजीनामा नदिइ उल्टै निरङ्कुश शासकझैं मन्त्रिपरिषद्को विस्तार गर्नुले ओलीले आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैँ पर्दाफास गरेको बताएका रावलले थप लेखेका छन्, ‘चुनावको मिती तोकेर पनि पदबाट राजीनामा नदिइ उल्टै निरङ्कुश शासकझैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन् ओलीले ।’

ओलीले शुक्रबार ९ मन्त्रीहरु नियुक्त गरेका छन् । जसमा खासगरी पूर्वमाओवादी नेताहरु रहेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार