फ्रान्समा पनि देखा पर्‍यो कोरोना भाइरसको नयाँ प्रकार

२०७७ पुस ११ शनिबार, काठमाडौं । हालै यूकेमा देखिएको कोरोना भाइरसको नयाँ भेरीअन्ट अर्थात् प्रकार फ्रान्समा पनि पहिलो पटक देखा परेको छ ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रेन्च पुरुषमा उक्त भाइरस पाइएको छ ।

उनलाई टूर्सस्थित उनकै घरमा एकान्त वासमा राखिएको छ । उनमा लक्षण देखिएको थिएन ।

फ्रान्सले बुधबार यूकेसँगको आवतजावतमा उसले लगाएको प्रतिबन्ध हटाएको थियो । बीबीसीबाट–

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार