उपत्यकामा थपिए २६७ कोरोना संक्रमित

२०७७ पुस ११ शनिबार, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २६७ कोरोना संक्रमित थपिएका छन् । मुलुकभर थपिएका ५०० संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र २६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

जसमा ११७ महिला र १५० पुरुष रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २०९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना संक्रमित थपिएका हुन।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार