२०७७ पुस १२ आइतबार, काठमाडाैं । काठमाडाैंकाे संकटा क्षेत्र छाताले श्रृंगारेसँगै आन्तरिक पर्यटकको घुइँचाे लागेकाे छ ।
शनिबार र बिहीबार उसैपनि संकटा मन्दिर परिसरमा बिहानदेखि दिउँसाेसम्म भक्तजनकाे भीड लाग्ने गर्छ । सौन्दर्य र आकर्षणका लागि रङ्गीबिरङ्गी छाताले श्रृंगारेसँगै भने साँझसम्मै झन् धेरै भीडभाड बढेकाे छ ।
भीड बढेसँगै व्यापार पनि बढ्न थालेकाे एक पान व्यापारीले बताए । ‘पहिले यति धेरै भीड लाग्ने गरेकाे थिएन । अहिले छाताले श्रृंगारेसँगै भने भीड लाग्ने गरेकाे छ । पहिले भन्दा व्यापार पनि बढेकाे छ’, व्यापारी राजन जयसवालले भने । उनले उक्त क्षेत्रमा पानकाे व्यापार गर्न थालेकाे ६ वर्ष बितिसकेकाे छ ।
अर्का फुटपाथमा कपडा व्यापार राख्दै आएकी गाेपीनीले भने भीड बढेपनि आफ्नाे व्यापारमा कुनै वृद्धि नभएको बताइन् । यद्यपी त्यस क्षेत्रका हाेटल, रेष्टुराँ भने खचाखच नै थिए । व्यापारीहरू पनि निकै उत्साहित देखिन्थे ।
संकटा क्षेत्रमा केही दिनअघि स्थानीयबासी, संकटा क्लव र वडाको सहकार्यमा सो छाता राखिएको हो । करिब ४०० वटा जति छाता आकाशमा झुण्ड्याइएकाे जानकारी दिइएकाे छ । करिब १० लाख खर्च भएकाे स्थानीयले जनाएका छन् ।
ट्रेन्डिङ
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’