२०७७ पुस १२ आइतबार, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एभर्टनले शेफिल्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एभर्टनको जितमा खेलको एक मात्र गोल गिल्फी सिगुर्सनले खेलको ८०औ मिनेटमा गरेका हुन् । यो जितपछि एभर्टन लिगको दोस्रो स्थानमा उक्लिएको छ । एभर्टनको १५ खेलमा २९ अंक भएको छ भने शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा २ अंकले पछाडी रहेको छ । त्यस्तै शेफिल्ड भने १५ खेलमा केबल २ अंक हासिल गर्दै पुछारमा रहेको छ ।
गएराती नै भएको अर्को खेलमा आर्सनलले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । आर्सनलका लागि एलेक्जेन्डर लाकाजेटे, ग्रानिट जाखा र बुकायो साकाले एक एक गोल गरेका थिए भने चेल्सीका लागि एक गोल टामी अब्राहीमले फर्काएका थिए ।
यो जितपछि आर्सनलको १५ खेलमा १७ अंक रहेको छ र लिगमा १४औ स्थानमा रहेको छ । त्यस्तै चेल्सी भने १५ खेलमा २५ अंक हासिल गर्दै सातौ स्थानमा झरेको छ ।
त्यस्तै गएराती नै भएको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा इके गुन्डोगण र फेरान टोरेजले एक एक गोल गरेका थिए ।
यो जितपछि सिटीको १४ खेलमा २६ अंक भएको छ भएन लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै न्युक्यासलको भने १४ खेलमा १८ अंक छ भने लिगमा १२औ स्थानमा रहेको छ ।
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक